Saturday, July 20, 2013


                    The first poem that i had written for someone special
                  कबिता
                     बिचित्र को चित्र
 अनकन्ठार अधेरी रात मा
 जब
  आफ्नो कर्मलाई निरन्तरता दिरहेको हुन्छु
त्यतिनैबेला
मेरो निन्द्रालाई परास्त गरी
मेरो मानसपटलमा एउटा चित्र चित्रित हुन्छ
जुन चित्र को चित्रकार स्वयम हुँ
जसको  स्रोत
मेरो पापीआँखा
अनी
  मेरो लोभि मन हो
 किनकी
 यि आँखाले
त्यो चित्रको बस्तु देखेको
यो मन ले
त्यो बस्तुलाई आफ्नो सम्झेको
त्यसैले
यि आँखा
 यो मन को रङ्ले
 दिमागमा त्यो चित्र कोरिरहेको हुन्छु
बिचित्र को चित्र यो
किनकी
अरु चित्रले भाब दर्साउछन
यो चित्र आफै बोल्छ
अरु चित्रले उत्सुक्ता ल्याउछन
यो चित्रले मा भबुकता भर्छ
कागजी चित्र हेर्न सजिलो हुन्छ
यो चित्र हेर्न मैले दिमाग  घुमाउनुपर्छ
कागजी चित्रले केबल बस्तुस्तिथी जनाउछ
यो चित्रले मा बिगत को स्मरन,
 बर्तमान को कार्य
भबिस्यको मिठो कल्पना गराउछ
डर लाग्छ मलाई यो चित्र भन्दा पनि
चित्रको यथार्थ मालिक सँग
किनकी
कल्पित् मेरो भबिस्यको  साचो
यस चित्रको मलिकसँग
जसले मेरो कल्पनालाई
सपना या बिपना मा बदल्न सक्छ
मेरो आँखा को ज्योति गुमाउन सक्छ
मेरो मनको आफ्नो पनालाई टार्नसक्छ
मा  निरासपन भर्नसक्छ
त्यसैले आग्रह मलिक
मा भोटे तल्चा ठोक्नुभन्दा
तिमी सँग को साचोले
                                                मेरो मन लागेको ताल्चा  खोलिदेउ।।।।
भूपेन प्रकाश
२०६६-०९-२७
मैतिदेवी काठमाडौं

Sunday, July 7, 2013

मुक्तक



ढकमक्क फक्रीएकी स्वप्न बगैचा कि फूल तिमी
अन्तर्मनमा सजिएकी  अटुट प्रेम कि मुल तिमी
अतुलनिय तिम्रो रुप त्यो गुलाबी फूल भन्दा
यो भुपेन को दिल  सजिएकी रानी फूल तिमी
                                      
                                    भूपेन प्रकाश
                                    स्वप्न बगैचा
                                   २०७०-०३-१५

Friday, July 5, 2013