Saturday, July 20, 2013


                    The first poem that i had written for someone special
                  कबिता
                     बिचित्र को चित्र
 अनकन्ठार अधेरी रात मा
 जब
 म आफ्नो कर्मलाई निरन्तरता दिरहेको हुन्छु
त्यतिनैबेला
मेरो निन्द्रालाई परास्त गरी
मेरो मानसपटलमा एउटा चित्र चित्रित हुन्छ
जुन चित्र को चित्रकार म स्वयम हुँ
जसको  स्रोत
मेरो पापीआँखा
अनी
  मेरो लोभि मन हो
 किनकी
 यि आँखाले
त्यो चित्रको बस्तु देखेको छ
यो मन ले
त्यो बस्तुलाई आफ्नो सम्झेको छ
त्यसैले त
यि आँखा
र
 यो मन को रङ्ले
 दिमागमा त्यो चित्र कोरिरहेको हुन्छु
बिचित्र को चित्र छ यो
किनकी
अरु चित्रले भाब दर्साउछन
यो चित्र आफै बोल्छ
अरु चित्रले उत्सुक्ता ल्याउछन
यो चित्रले म मा भबुकता भर्छ
कागजी चित्र हेर्न सजिलो हुन्छ
यो चित्र हेर्न मैले दिमाग  घुमाउनुपर्छ
कागजी चित्रले केबल बस्तुस्तिथी जनाउछ
यो चित्रले म मा बिगत को स्मरन,
 बर्तमान को कार्य
र भबिस्यको मिठो कल्पना गराउछ
डर लाग्छ मलाई यो चित्र भन्दा पनि
चित्रको यथार्थ मालिक सँग
किनकी
कल्पित् मेरो भबिस्यको  साचो
यस चित्रको मलिकसँग छ
जसले मेरो कल्पनालाई
सपना या बिपना मा बदल्न सक्छ
मेरो आँखा को ज्योति गुमाउन सक्छ
मेरो मनको आफ्नो पनालाई टार्नसक्छ
म मा  निरासपन भर्नसक्छ
त्यसैले आग्रह छ मलिक
म मा भोटे तल्चा ठोक्नुभन्दा
तिमी सँग को साचोले
                                                मेरो मन म लागेको ताल्चा  खोलिदेउ।।।।
भूपेन प्रकाश
२०६६-०९-२७
मैतिदेवी काठमाडौं

No comments:

Post a Comment