The first poem that i had written for someone special
कबिता
बिचित्र को चित्र
अनकन्ठार अधेरी
रात मा
जब
म आफ्नो
कर्मलाई निरन्तरता दिरहेको हुन्छु
त्यतिनैबेला
मेरो निन्द्रालाई
परास्त गरी
मेरो मानसपटलमा एउटा चित्र
चित्रित हुन्छ
जुन चित्र को चित्रकार
म स्वयम हुँ
जसको स्रोत
मेरो पापीआँखा
अनी
मेरो
लोभि मन हो
किनकी
यि आँखाले
त्यो चित्रको बस्तु देखेको
छ
यो मन ले
त्यो बस्तुलाई आफ्नो सम्झेको
छ
त्यसैले त
यि आँखा
र
यो मन
को रङ्ले
दिमागमा त्यो चित्र
कोरिरहेको हुन्छु
बिचित्र को चित्र
छ यो
किनकी
अरु चित्रले
भाब दर्साउछन
यो चित्र
आफै बोल्छ
अरु चित्रले
उत्सुक्ता ल्याउछन
यो चित्रले
म मा भबुकता
भर्छ
कागजी चित्र हेर्न
सजिलो हुन्छ
यो चित्र
हेर्न मैले दिमाग
घुमाउनुपर्छ
कागजी चित्रले केबल
बस्तुस्तिथी जनाउछ
यो चित्रले
म मा बिगत
को स्मरन,
बर्तमान
को कार्य
र भबिस्यको
मिठो कल्पना गराउछ
डर लाग्छ
मलाई यो चित्र
भन्दा पनि
चित्रको यथार्थ मालिक
सँग
किनकी
कल्पित् मेरो भबिस्यको
साचो
यस चित्रको
मलिकसँग छ
जसले मेरो
कल्पनालाई
सपना या
बिपना मा बदल्न
सक्छ
मेरो आँखा
को ज्योति गुमाउन
सक्छ
मेरो मनको
आफ्नो पनालाई टार्नसक्छ
म
मा निरासपन
भर्नसक्छ
त्यसैले आग्रह छ
मलिक
म मा
भोटे तल्चा ठोक्नुभन्दा
तिमी सँग
को साचोले
मेरो मन
म लागेको ताल्चा खोलिदेउ।।।।
भूपेन प्रकाश
२०६६-०९-२७
मैतिदेवी काठमाडौं